
बैतडी:जिल्लाको सिगास जस्तो पुण्य भुमिमा जन्म लिई बिगत लामो समयदेखि सिगास हुदै बैतडी जिल्लामै बिद्यार्थीहरुका समस्या समाधानका लागि एक योद्धाको रुपमा खटिएका बिरेन्द्र साउद बिपी नेबि संघको आधार स्तम्भ सङ्गै पिल्लरको रुपमा उभिदै आएका छन्।

बैतडीको माटो संगै खेलेर हुर्केका बिरेन्द्रले शुन्य सतह देखिनै बिद्यार्थीका जायज माग र समस्याहरु बुलन्द पार्दै बैतडीमा बिद्यार्थी राजनीति सुरु गरेका हुन।जहा बिद्यार्थीका समस्या त्यहाँ बिरेन्द्र पुग्छन।बलत्कार पश्चात हत्या गरिएकि भागरथी भट्टको न्यायका लागि होस या बैतडीका बिद्यालयहरुमा चर्को बिद्यार्थी बाट लिइने शुल्कको बिषयमा होस,चर्को महंगीको बढ्दा होस या स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव होस या नेपाली काङ्ग्रेस पार्टीको संघ र प्रदेशको चुनावमा होस बिरेन्द्र साउद सधैं खटिएर अग्रसर भइरहन्छन्।
बिगत लामो समयदेखि बैतडी जिल्लाभर नेबि संघको संगठन बिस्तारमा होस या संगठन सुदृढीकरणमा होस बिरेन्द्र साउदले खेलेको भुमिका एकदमै अतुलनीय रहेको देखिन्छ।संगठन मजबुत र बिस्तारका लागि बैतडी जिल्ला भरिका बिद्यार्थीहरु संगको समन्वयात्मक रुपमा बिरेन्द्र साउदले खेलेको भुमिकाको चर्चा बिद्यालय तहदेखि क्याम्पस तह सम्म भइनै रहेको हुन्छ।


बिद्यार्थीहरुको व्यवस्थापन र उनिहरुका समस्या समाधानको रचनात्मक कलाले नै अहिले बिरेन्द्र बिद्यार्थीहरु माझ नेबि संघको योद्धाको रुपमा चिरपरिचित रहेका छन।अहिले उहाँले बैतडी जिल्लाको अध्यक्षको जिम्मेवारी पाउनु उहाँको संघर्षको सम्मान र मुल्यांकन हो।बैतडी बाट नेतृत्व गर्ने युवा नेताहरु लाई र बैतडी लाई गरेको न्याय हो।अब नेबि संघ बैतडी जिल्लाको नयाँ रोड म्याप बिरेन्द्र साउद नेतृत्वको टिमले कोर्नेछ।
युवा बिद्यार्थी माझ एउटा नयाँ आसा पलाएको छ।बैतडी जिल्ला भरिका बिद्यार्थीका समस्या,बढ्दो महङ्गी र शिक्षाको गुणस्तर संगै बिद्यालय क्याम्पस तहका समस्या समाधानका लागि नेबि संघको भुमिका महत्त्वपूर्ण रहने छ।






























