बिपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन कैलालीकाे चियापान

Image
Nisarga Hospital

धनगढी: कैलाली जिल्लामा १११ औँ बिपी जयन्ती मनाइएको छ। नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा मंगलबार  छलफल तथा चियापान गरेर बिपी जयन्ती मनाइएको हो।
नेपाल प्रेस युनियन कैलालीका वरिष्ठ उपाध्यक्ष सुनील आउजीको अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अतिथि नेपाली काँग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरी रहेका थिए ।

CP Hospital Dhangadhi

उनले बिपीको विचार र सिद्धान्त अहिले पनि उत्तिक्कै सान्दर्भिक रहेको बताए। उनले नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबादले गर्दा नेपाल अहिलेको अवस्थामा पुगेको र उनको सिद्धान्तलाई काँग्रेसले तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको बताए ।

जिल्लामा मात्र नभएर देशमै काँग्रेस वलियो बनाउन युनीयनकने पनि उत्तीकै भुमीका रहेकाे बताउदै कार्यवाहक सभापति चाैधरीले युनियन र पार्टीबिचकाे समन्ध थप बलियाे हुनुपर्ने उल्लेख गरे । त्यसैगरि नेपाली काँग्रेस जिल्ला सचिब नृप सुनारले नेपाली राजनीतिमा विपीको योगदान उच्च र कहिल्यै बिर्सन नसकिने रहेको बताए।

बिपी विश्वमै एक उदाहरणीय नेता रहेको बताउदै उनले अहिले काँग्रेसका नेताहरूले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए। पार्टी बलिायो भए मात्र प्रत्येक कार्यकर्ता र अन्य संगठन बलियो हुन्छ भन्ने कुरामा सबैले बुझ्न आवश्यक रहेको उनले बताए।
उनले भने ,जति पनि कार्यक्रमामा पाटीलाई लक्षित गदै उठेका प्रश्नमा पाटिको ध्यानाकर्षण भएको छ, यसले पाटी भित्र थप उर्जा थपीएको छ ।

नेपाल प्रेस युनीयनकी केन्द्रीय सदस्य जमुना न्युरेले जिल्ला तह बाटै युनीयन बलियो र एकता भए देशभरी युनीयन बलीयो रहने वताइन् । युनीयान बलियो बनाउन सबैले आआफ्नो स्थानबाट लाग्नु पर्ने उनले बताइन् ।

त्येसैगरी नेपाल प्रेस युनीयानका प्रदेश अध्यक्ष मोनमोहन स्वारले प्रेस युनीयान र पाटी विच समन्वय र सहकार्य आवश्यक रहेको वताए । उनले समन्वय र सहकार्य गरी बढे दुबैलाई फाइदा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रेस युनीयनका प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा , नेपाल पत्रकार महासंघका केन्दीय सदस्य भरत शाह , नेपाल पत्रकार महासंघक प्रदेश उपाध्यक्ष याेगेन्द्र वलयर , नेपाल पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष हिमालय जोशी लगायतले सुझाव दिएका थिए। युनियनका सचिव शंकर बोहोराले संचालन गरेकाे कार्यक्रममा स्वागत युनियनकी उपाध्यक्ष अनिता चौधरीले गरेकी थिईन ।