बुङ्गलमा नगरस्तरीय माध्यमिक तह हाजिर जवाफ प्रतियोगिता सम्पन्न , प्रथम शारदा मावि

Image
Nisarga Hospital

बझाङ – बुङ्गल नगरपालिकामा नगरस्तरीय माध्यमिक तह हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सनिवार भाद्र २९ गतेका दिन ६० औं बाल दिवसकाे अवसरमा युनाइटेड मिसन टु नेपाल र दलित सहयाेग समाज द्वारा सञ्चालित जलवायु परिवर्तन परियाेजनाकाे आर्थिक सहयाेग तथा सरस्वती माध्यमिक विद्यालय बिजगडाकाे आयाेजनामा नगर स्तरिय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

विद्यालयमा पठनपाठन गरिरहेका बालबालिकाहरुलाई दिनानुदिन बढ्दै गइरहेको जलवायु परिवर्तन का बारेमा जानकारि गराउने उदेश्यले बालदिवसको अवसरमा कार्यक्रम गरिएको जलवायु परिवर्तन परियाेजनामा कार्यरत कृषि जे.टि.ए. लोकेन्द्र बहादुर राेकायाले बताउनुभएको छ ।

सामान्य चरण , समय चरण र दोहोर्याउने चरण गरि तीन चरणमा गरिएको प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका छात्र छात्राहरुको सहभागितम रहेको थियो ।

nawajiwan
Attariya Hospital

प्रतियोगितामा प्रथम शारदा माध्यमिक विद्यालय सैनाेडी , द्वितीय रत्न माध्यमिक विद्यालय खाेल्लेक र तृतीय सरस्वती माध्यमिक विद्यालय बिजगडा भएको छ । प्रतियोगितामा सहभागी भइ प्रथम स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालयलाई नगद १२ हजार सहित प्रमाणपत्र , द्वितीय रत्न माध्यमिक विद्यालयलाई नगद ९ हजार सहित प्रमाणपत्र र तृतीय स्थान ल्याउन सफल सरस्वती माध्यमिक विद्यालय नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।। बुङ्गल नगरपालिका- ४ का वडाध्यक्ष तथा सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गणेश बहादुर कार्कीकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बुङ्गल नगरपालिकाका उप मेयर धनबहादुर बाेहरा रहनु भएको थियाे ।

संस्थाकाे रणनीति ,समुदाय स्तरमा गरिने कृयाकलापकाे बारेमा जानकारी संस्थाका कार्य समिति सदस्य रुपेन्द्र बहादुर रसाइलीले दिनुभएको थियाे। कार्यक्रममा उपमेयर बोहराले बाेल्दै दलित सहयाेग समाज संस्थाले थाेरै लगानिमा समुदाय स्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेकाेमा त्यसबाट आफू निकै प्रभावित भएको र आगामी दिनहरुमा संस्था संग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ ।

कार्यक्रमका अध्यक्ष कार्कीले परियाेजनाका साथै संस्थाले वडा तथा नगरपालिकामा विभिन्न जनचेतनामूलक तथा निर्माणका कामहरु गर्दै आएकाेमा संस्थालाई धन्यवाद दिँदै आफ्नाे तर्फबाट हरेक कृयाकलापमा सहकार्य र सहयाेग गर्न तयार रहने प्रतिबद्धता सहित कार्यक्रम काे समापन गर्नु थियोे ।