छुवाछुत ,जातभातको अन्त्य गरौं, नागरिता ऐन संसोधित गरि थर हटाईदिउँ..

Image
Nisarga Hospital

जातिवाद र छुवाछुत हटाउन एजेन्डा बिहिन आन्दोलन गरेर वा दलितलाई खै ? भन्ने प्ले कार्ड बोकेर कराएर मात्रै केही हुदैन ! जातिवाद विरुद्धका सबै आन्दोलन ठीक छन् तर तत्काल गर्नुपर्ने ठोस मागहरु यस्ता हुनुपर्दछन् :-

CP Hospital Dhangadhi

१) नेपालको संविधान , ऐनहरुबाट र नेपाली शब्दकोषबाट “दलित” भन्ने शब्द नैं हटाउन पर्दछ ।

२) तुरुन्तै नागरिकता ऐन संसोधित गरि त्यसमा नेपाली नागरिकताको प्रमाणपत्रमा कसैले पनि थर लेख्न नपाउने र नाममात्र लेख्न पर्ने व्यवस्था गरिनुपर्छ । नागरिकतामा कसैले पनि थर लेख्न नपाउने र नाम मात्रै लेख्न पाउने व्यवस्था भए पछि सबै मानिस समान हुन्छन् । पूर्णरूपमा कानूनी रूपमा जातिवादको जरा काटिन्छ ।

३) केही पाउनुको लागि केही गुमाउनु पर्छ भनिन्छ । यसो गर्दा दलित कोटा हट्न जानेछ तर दलित साथीहरूले दलित कोटाको लोभ नगरी दलित कोटा हटाई गरिब कोटा बनाउने कुरामा राजी हुनुपर्छ ।

४) छुवाछुत हिन्दु धर्ममा मात्रै छ । हिन्दु बाहेक अन्य धर्ममा छैन । अत: सच्चा छुवाछुत विरोधी मानिसहरूले हिन्दु धर्म त्यागी हिन्दु बाहेक अरु धर्म मान्ने वा कुनै धर्म नमानी नास्तिक बन्ने काम गर्नुपर्छ । यसरी समस्या हल हुन्छ । हामीले कुनै धर्मको विकृतिलाई सुधार गर्न सक्दैनौं भने त्यो धर्मलाई छोडी अर्को धर्म मान्नु वा पुराना कुनै धर्मलाई नमानी आफ्नो लागि आफैं एउटा नयाँ मौलिक धर्मको अविष्कार गर्नु वा कुनै धर्म नमानी नास्तिक बन्नु निकै सजिलो छ । यति सजिला कयौं बिकल्प हुँदाहुँदै हिन्दुधर्ममा जातीयता हटेन भनेर तनाव लिने काम उचित छैन ।

अधिबक्ता दिपेन्द्र चन्द – मेलौली २ बैतडी