
नरेश बिष्ट, बझाङ:- केदारस्यूँ गाउँपालिकामा ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित र्याली तथा वडा स्तरीय देउडा प्रतियोगिता सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा प्रगतिशील युवा समाजको सहकार्यमा बुधबार पालिकाको प्राङ्गणमा
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित र्याली तथा वडा स्तरीय देउडा प्रतियोगिता सम्पन्न भएको हो ।
लैंगिक हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ।


यस वर्षको अभियानको नाराः “लैंगिक हिंसा अन्त्यका लागि एकजुट बनौं” रहेको छ। बुधबार गरिएको कार्यक्रममा महिला तथा बालबालिका माथि भएको विभेद र हिंसाबारे जनचेतना मुलक सन्देश बारे नारा प्रवाह गरि सरोकारवाला पक्षहरूसँग बृहत् भेला गरि गाउँ पालिकाले वडा स्तरीय देउडा प्रतियोगिता समेत सञ्चालन गरिएको थियोे ।
उक्त देउडा प्रतियोगितमा वडा नम्बर ३ का महिला प्रथम , वडा नम्बर ७ का महिला द्वितीय , र वडा नम्बर ६ का महिला तृतीय भएका छन् । पहिलो दोस्रो र तेस्रो स्थान ल्याउन सफल भएका महिला देउडे खेलाडीलाई खाँदा मालाले सम्मान गर्नुका साथै नगद पुरस्कार समेत बितरण गरिएको उपाध्यक्ष मनिषा धामीले जानकारी दिइन् ।
कार्यक्रममा उपाध्यक्ष धामीले लैंगिक हिंसा समाजको गम्भीर चुनौती रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। साथै, उनले महिलामाथि हुने हिंसा रोक्न कानुनी र सामाजिक रूपान्तरणका कदमहरू आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था, महिला अधिकारकर्मी, तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो।






























