केदारस्यूँमा अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा र्‍याली तथा वडा स्तरीय देउडा प्रतियोगिता

Image
Nisarga Hospital

नरेश बिष्ट, बझाङ:-  केदारस्यूँ गाउँपालिकामा ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित र्‍याली तथा वडा स्तरीय देउडा प्रतियोगिता सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

गाउँपालिकाको आयोजना तथा प्रगतिशील युवा समाजको सहकार्यमा बुधबार पालिकाको प्राङ्गणमा
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित र्‍याली तथा वडा स्तरीय देउडा प्रतियोगिता सम्पन्न भएको हो ।

लैंगिक हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस वर्षको अभियानको नाराः “लैंगिक हिंसा अन्त्यका लागि एकजुट बनौं” रहेको छ। बुधबार गरिएको कार्यक्रममा महिला तथा बालबालिका माथि भएको विभेद र हिंसाबारे जनचेतना मुलक सन्देश बारे नारा प्रवाह गरि सरोकारवाला पक्षहरूसँग बृहत् भेला गरि गाउँ पालिकाले वडा स्तरीय देउडा प्रतियोगिता समेत सञ्चालन गरिएको थियोे ।

उक्त देउडा प्रतियोगितमा वडा नम्बर ३ का महिला प्रथम , वडा नम्बर ७ का महिला द्वितीय , र वडा नम्बर ६ का महिला तृतीय भएका छन् । पहिलो दोस्रो र तेस्रो स्थान ल्याउन सफल भएका महिला देउडे खेलाडीलाई खाँदा मालाले सम्मान गर्नुका साथै नगद पुरस्कार समेत बितरण गरिएको उपाध्यक्ष मनिषा धामीले जानकारी दिइन् ।

कार्यक्रममा उपाध्यक्ष धामीले लैंगिक हिंसा समाजको गम्भीर चुनौती रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। साथै, उनले महिलामाथि हुने हिंसा रोक्न कानुनी र सामाजिक रूपान्तरणका कदमहरू आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था, महिला अधिकारकर्मी, तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो।

Dhnagadhi & Krishanapur