
बैतडी सहित आसपासका जिल्लामा बिहान बिहानै भुकम्प गएको छ ।
बिहान ७ बजेर ५४ मिनेटको सयम जाँदा बैतडीको सिगास गाउँपालिकाको न्वाघर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्ति भुकम्पको केन्द्रविन्दु भएको ठाउँ बैतडी डोटी र बझाङको सिमा क्षेत्र रहेको समेत मापन केन्द्र सुर्खेतले जनाएको छ ।

एका बिहानै भुकम्प गएपछि बैतडी, बझाङ , डोटी लगायत आसपासका जिल्लाका नागरिक त्रसित भएका छन । पछिल्लो समयमा बझाङ बैतडी डोटी लगायतका ठाउँमा केन्द्रविन्दु बनाएर भुकम्प जाने क्रम बढेको छ । पौष महिनाको आजसम्म सुदूरपश्चिम र कर्णालीका जिल्लाहरुमा ४ रेक्टर स्केलमाथिका ६ ओटा भूकम्प गईसकेका छन् ।

पछिल्ला भूकम्पीय गतिविधिहरूले बझाङ बैतडी डोटी र आसपासका क्षेत्रहरूमा त्रास बढाएको छ। सुरक्षाका लागि स्थानीय प्रशासनले सावधानी अपनाउन र आपत्कालीन अवस्थामा सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ।

भूकम्पको जोखिमलाई मध्यनजर गर्दै, भूकम्प जाँदा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने जानकारी लिनु आवश्यक छ।































