
विक्रम पाण्डे पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार नियन्त्रणमा लिएको हो। उनी राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्ष समेत हुन्।

प्रहरीका अनुसार आफू अनुकूल ठेक्का पार्ने उद्देश्यले ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोप उनीमाथि लागेको छ। सोही आधारमा अनुसन्धान अघि बढाइएको छ।

पाण्डे २०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यसअघि पनि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। हाल नयाँ आरोपमा पुनः अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























