सरकारी अस्पतालमा ९ करोडभन्दा बढीका औषधि म्याद सकिएर थन्किए

Image
Nisarga Hospital

सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोगविहीन अवस्थामा भेटिएको छ । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थामा करिब ९ करोड १७ लाख रुपैयाँ बराबरका औषधि, कीट तथा स्वास्थ्य सामग्री प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका हुन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रतिवेदनले स्वास्थ्य सेवा विभाग, Bir Hospital, B. P. Koirala Institute of Health Sciences लगायत संस्थाहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको उल्लेख गरेको छ ।

स्वास्थ्य सेवा विभागमा मात्रै २८ प्रकारका ४ करोड ७२ लाख रुपैयाँ बराबरका औषधिको म्याद सकिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार तथा वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाखभन्दा बढीका औषधि प्रयोगविहीन बनेका छन् ।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि ठूलो परिमाणमा म्याद सकिएका सामग्री थुप्रिएको महालेखाले जनाएको छ ।

सम्झौताअनुसार म्याद सकिएका वा प्रयोगमा नआएका औषधि आपूर्तिकर्ताले प्रतिस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नहुँदा राज्यको करोडौँ लगानी खेर गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।