मधेशका अर्थमन्त्रीको सरकारी गाडीमाथि तोडफोड

Image
Nisarga Hospital

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमाथि मधेश भवन परिसरभित्रै तोडफोड भएको घटना सार्वजनिक भएको छ। बुधबार बिहान मन्त्रालय अगाडि पार्किङ गरेर राखिएको ज १ झ ४४१ नम्बरको गाडीमा अज्ञात व्यक्तिले क्षति पुर्‍याएका हुन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवका अनुसार बिहान करिब ११ बजे एक व्यक्ति स्कारपिओ गाडीमा मधेश भवन परिसरमा प्रवेश गरेका थिए। सीसीटीभी फुटेजमा ती व्यक्तिले गाडी वरिपरि निगरानी गरेपछि मन्त्रीको गाडीमा जडान गरिएको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेको देखिएको छ।

प्रहरीका अनुसार ती व्यक्ति कानमा फोन लगाउँदै केही समय परिसरभित्र घुमिरहेको दृश्य पनि फुटेजमा कैद भएको छ। घटनाको प्रकृति हेर्दा यो सुनियोजित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले परिसरमा विस्तृत अनुसन्धान गरेका छन्। तर, अधिकांश सीसीटीभी क्यामेरा बिग्रिएको अवस्थामा रहेकाले आरोपित व्यक्ति र उनले प्रयोग गरेको गाडीको पहिचान गर्न कठिनाइ भएको जनाइएको छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै संलग्न व्यक्तिको खोजी तीव्र पारेको छ। प्रदेशको मुख्य प्रशासनिक केन्द्रभित्रै भएको घटनाले सुरक्षा व्यवस्था र निगरानी प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।