सुनको मूल्यमा गिरावट, चाँदीमा सामान्य वृद्धि

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले घट्दै २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो। यसअघि वैशाख २५ गते सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

महासंघले आजका लागि १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २ सय ६० रुपैयाँ निर्धारण गरेको जनाएको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।

Attariya Hospital

यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँ रहेको चाँदी आज बढेर ५ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ५ सय ४४ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

nawajiwan

महासंघले अन्तर्राष्ट्रिय बजारको अवस्था अनुसार दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।