
नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १६०० रुपैयाँले वृद्धि भई १ लाख ५५ हजार ७०० रुपैयाँ पुगेको हो। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ५४ हजार १०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारको १ हजार ८४५ रुपैयाँको तुलनामा आइतबार चाँदीको मूल्य १ हजार ८६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।


























