सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

हालैका दिनमा सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको देखिन्छ। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले वृद्धि हो।

CP Hospital Dhangadhi

पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ रहेको सुनको मूल्य हालसम्म ३ हजार ८०० रुपैयाँले बढिसकेको छ। यो वृद्धिलाई अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिसँग जोडेर हेरिएको छ।

सुनचाँदी व्यवसायीहरूको अनुसार, केही समयअघि सरकारले भन्सार घटाएपछि सुनको मूल्यमा कमी आएको भए पनि अहिलेको वृद्धि भने अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण भएको हो। यसले स्थानीय बजारमा सुनका ग्राहकहरूमा सीधा प्रभाव पार्ने देखिन्छ।