
आज बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १,२०० रुपैयाँले बढेर अहिले १,५६,६०० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य १,५५,४०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर अहिले १,८८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १,८३० रुपैयाँ थियो।


























