
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ५७ हजार १०० रुपैयाँमा झरेको छ। शुक्रबार यो मूल्य तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
सुनचाँदीको मूल्यमा आएको यो गिरावटले बजारमा लगानीकर्ताहरू र गरगहना व्यवसायीहरूको ध्यान तानिएको छ।


























