
नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार यसको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार ८७५ रुपैयाँ पुगेको छ, जुन बुधबारको मूल्य तोलामा १ हजार ८९५ रुपैयाँभन्दा २० रुपैयाँले कम हो।


























