नमुनात्मक कार्य गरेको भन्दै बझाङ जिल्ला खेलकुद समिति सम्मानित

Image
Nisarga Hospital

धनगढी, माघ २८ ।

CP Hospital Dhangadhi

बझाङ जिल्ला खेलकुद समिति सम्मानित भएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले १० औं राष्ट्रिय प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बझाङ जिल्ला खेलकुद समितिलाई सम्मान गरिएको हो ।

खेलकुद क्षेत्रमा सुदूरपश्चिमका ९ वटै जिल्ला मध्य बझाङ जिल्ला खेलकुद समितिले उत्कृष्ट कार्य गरेको भन्दै आइतबार सम्मान गरिएको हो

nawajiwan

खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकाया (ज्वाला) भने विविध कठिनाइका बाबजुत पनि न भोक न निन्द्रा न आफ्नो ब्याक्तिगत काम नभनेर बझाङ जिल्लाको खेलकुद विकास, विस्तारका लागि अहोरात्र खटेर र विविध खेलकुद विकास र विस्तारको परिणाम जो मेरो नेतृत्वबाट बझाङमा कार्यहरु भैरहेका छन सोहि कार्यको उच्च मूल्याङ्कन गरि हाम्रो जिल्ला खेलकुद समिति सम्मानित भएको छ।

Attariya Hospital

जिल्ला खेलकुद समितिले जिल्लामा १२ वटै स्थानीय तहमा खेलकुद समिति गठन , सबै संघ गठन , खेलकुद ऐन नियमावली पूर्ण कार्यनयन, अभिलेखकरण सुरुवात गरेको गरेको छ । यस्तै बझाङको एकता खेलकुद विकासका लागि हाम्रो प्रतिबद्धता भन्ने नारा लिएर खेलकुद विकासमा जुट्दै जिल्लामा खेलकुद कार्यक्रम नमुनात्मक रुपमा सञ्चालन गरेको गरिएको छ । एथलेटिक्स र कबड्डी सहित विभिन्न खेलका प्रशिक्षक उत्पादन लगायतका नमुनात्मक कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले बझाङ जिल्ला खेलकुद समिति अध्यक्ष रोकायालाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको थियोे ।

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिताको आइतबार उद्घाटन गरिएको छ । छनोट प्रतियोगिताको परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले उद्घाटन गर्नुभएको हो ।