सुदूरपश्चिम नीति तथा याेजना आयाेगकाे सदस्यमा नियुक्त भएका सुनार काे हुन ?

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नृपबहादुर सुनार नियुक्त भएका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सुनारलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सुनार नेपाली कांग्रेस बाट आयोगको सदस्यमा नियुक्त भएका हुन् ।

CP Hospital Dhangadhi

को हुन त ? नीति आयोगको सदस्यमा नियुक्त नृप सुनार ।

धनगढी उपमहानगरपालिका वडा न २, मा स्थायी बसोबास रहेका नृप बहादुर सुनार २०३७ सालमा अछाम जिल्लाको तत्कालिन सिद्धेश्वर गाविस हालको साफेवगर नगरपालिका वडा न ३ प्रभा गाउँमा जन्म भएको थियो । विद्यालय तहको शिक्षा श्री प्रभा धम्कोट माध्यामिक विद्यालयबाट पुरा गरे भने उच्च शिक्षा त्रिभुवन विश्व विद्यालय अन्तर्गत कैलाली बहुमुखी कयाम्पस बाट व्यवस्थापन संकाय स्नाकोत्तर तह (एम बि एस ) सम्मको अध्ययन पुरा गरेका छन । सानै देखि पढाई र नेतृत्वमा अव्वल सुनारले पढाई सँग सगै विभिन्न बिकास साझेदार निकायमा रहेर अनुसन्धान, नीतिहरुको पैरवी, सुशासन,लैगिक समानता तथा सामाजिक समाबेशीकरण, दलित समुदायको राजनीतिक, आर्थिक अधिकार र सामाजिक न्याय तथा ग्रामिण बिकासका सवालमा पेपैरवी गर्दै आएका छन् । भने केहि समय उच्च शिक्षामा समेत अध्यपनन गराएका थिए । कुशल व्यवस्थापक र प्रविधिमा समेत निकै अव्वल मानिएका सुनार पछिल्लो पुस्तामा निकै लोक प्रिय रहेका छन् ।

nawajiwan

निरन्तर अध्ययन गरि रहने सुनार राष्टिय अन्तराष्टिय घटना र परिघटना सँग चाडै सुचना अर्जन गर्ने युवाहरु भित्र पर्दछन् । सामाजिक संजालमा सधै व्यस्त रहने सुनार पार्टीका नेता र दौतरी सँग नियमित सम्पर्कमा रहने युवा नेता भित्र पर्दछन । उहाँ आफुलाई राजनीतिक कर्मी मात्र होइन् सामाजिक एक्टिभिष्ट भन्न पनि रुचाउछन् । उनी केही समय धनगढीमा नीजि क्षेत्रको विद्यालय संचालन गरेका थिए हाल उक्त विद्यालय संचालनमा रहे पनि आफुले आफनो आवद्धता छोडि सकेको बताउछन् । उनीले आफनै सव्रिmयतामा सम्पादक तथा प्रकाशक भएर हेडलाईट पाछिक पत्रिका संचालन गरेका थिए । उक्त पत्रिकामा काम गर्ने भाईहरु अहिले सरकारी मिडियामा र केह्ी अनलाइनमा काम गरि राम्रो आम्दानी गरि रहेको बताउछन् ।

उहाँ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा वि.सि.२०५१ सालमा साधारण सदस्यता लिई विधार्थी राजनीतिमिा प्रबेश गरे । वि.सि.२०५२ सालमा नेविसंघ श्री प्रभा धम्कोट मा।वि। ईकाई समिति सचिव त्यस पछि ईकाई समिति अध्यक्ष हुदै कैलाली बहुमुखी क्याम्पस ईकाईको उपाध्यक्ष तथा ने.वि.संघ कैलाली जिल्ला सहसचिव पछि २०६१ सालमा नेपाल विद्यार्थी संघ कैलाली अध्यक्ष भएका थिए । २०६२ देखि २०६४ जेष्ठसम्म नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य, २०६८ साल देखि वि।सि।२०७३ साल सम्म नेपाल तरुण दलको केन्द्रिय सदस्य भै कार्य गरि सक्नु भएको छ ।

Attariya Hospital

२०५७ सालमा नेपाली काँग्रेसको व्रिmयाशिल सदस्यता प्राप्त वि.सि.२०७२ साल देखि नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीको सदस्यमा निर्वाचित भै वि.सि.२०७३ साल देखि २०७८ सम्म कार्यक्रम समन्वय र प्रशिक्षाण शाखा प्रमुख तथा वि।सि।२०७८ मा सम्पन्न नेपाली काँग्रेस सुदुर पश्चिम प्रदेशको प्रथम अबिधेशन तयारी समितिको सदस्य सचिव तथा प्रबक्ता भएर कार्य गर्नु भयो वि.सि. २०७८ देखि नेपाली काँग्रेस,जिल्ला कार्य समिति, कैलालीको सचिव निर्वाचित ।९म्यान अफ द इलेक्शन० भै कार्य गरि रहनु भएको छ ।

यो वि.सि.२०५८ साल देखि संचालित प्रतिगमनका विरुद्धको अन्दोलनका क्रममा २ पटकको प्रतिगमन विरुद्ध २४ घण्टे रिलेअनशन तथा ऐश्वर्य विद्या निकेतन बहुमुखी क्याक्याम्पसबाट गिरफतार भई कैलाली जिल्ला कारागारमा वि.सि.२०६२ श्रावण देखि असोज महिना सम्म गरि ९१ दिन राजनीतिक बन्धीका रुपमा जेल जिवन विताउनु भएको थियो । आन्दोलनका क्रममा पटक पटक हिरासत तथा यातना भोग्नु भएको छ ।

उहाँले देश भित्र संगठनको शिलसिलामा नेपालका ६२ जिल्ला सदरमुकाम र केही ग्रामिण स्थानको समेत भ्रमण तथा अध्ययन गरेका छन भने नेपाल तरुण दलका तर्फबाट नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा अनुभव आदान प्रदान कार्यक्रम मार्फत चिन र भारतको भ्रमण र विश्व सामजिक मचमा २००६ मा बंगलादेश र २०१४ मा भारत भ्रमण गरेका छन् ।

प्रदेश सभा स्थापना भएको दोस्रो कार्यकालमा सुदुरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको सचिवालयमा रहेर योजना निर्माण, कार्यान्वयन सँगको भूमिकाकामा अवैतानिक सल्लाहाकारका रुपमा काम गर्नु भयो भने केहि समय सुदुरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन सचिवलाय सदस्य रहेर सम्मेलनको सचिवालयलाई निकै चुस्त दुरुस्त राखि प्रदेश सरकरा लगागी सम्मेलनको प्रतिनिधिका रुपमा उत्तरा खण्ड र दिल्ली सम्पन्न विश्व लगानी सम्मेलन समेत भाग लिएर लगानी र लगानीको वातावरण निर्माण कसरी गर्न सकिन्छ र सुदुरपश्चिम प्रदेशमा लगानी सम्मेलनको आवश्यकता औतित्य किन र के का लागि भनेर सार्वजनिक बहस सुरु गरेका थिए । पछिल्लो समयमा सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री माननीय कमल बहादुर शाहको कोर टिममा रहेर सरकार संचालनमा मदत पुरयाउदै आएका छन् ।