
गोदावरी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र ILO EWPN परियोजनाको समन्वयमा ‘आफ्नो व्यवसाय औपचारिकीकरण गर्नुहोस्’ विषयक तीनदिने तालिम सम्पन्न भएको छ।


तालिम गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्टको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा विद्युत् जडानसम्बन्धी तीनमहिने तालिम लिई व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका १५ जना प्रशिक्षार्थीहरूको सहभागिता थियो।
यस तालिमले नगरभित्रका व्यवसायीहरूलाई दर्ता प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। तालिमको सहजीकरण गोदावरी नगरपालिका रोजगार संयोजक रोहित प्रसाद जोशी र सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाकी चम्पा जोशीले गर्नुभएको थियो।


































