आमाको पुण्यतिथिमा ऐडीद्वारा सेभ हाउस र गौशालालाई सहयोग

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम टाइम्सका संचालक तथा पत्रकार रमेश ऐडीले स्वर्गीय आमाको तेस्रो पुण्यतिथिको अवसरमा सामाजिक सेवाका विभिन्न कार्य गरेका छन्। उनले स्वर्गीय माता विस्ना देवी ऐडीको सम्झनामा अत्तरियाको महिला तथा बालबालिका सेभ हाउस र धनगढी९१८ फूलवारीस्थित गौशाला लाई आवश्यक सामग्री सहयोग प्रदान गरेका हुन्।

CP Hospital Dhangadhi

आमाको स्मृतिलाई सेवामा रूपान्तरण गर्ने उद्देश्यले ऐडीले सेभ हाउसलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा गौशालालाई ५ कट्टा ढिके नुन हस्तान्तरण गरेका छन्।
रमेश ऐडीले आमाको स्मृतिमा हरेक वर्ष फागुन २९ गते विभिन्न परोपकारी कार्य गर्दै आएका छन्। पहिलो पुण्यतिथिमा उनले मानव सेवा आश्रमलाई सहयोग गरेका थिए भने दोस्रो पुण्यतिथिमा दृष्टि फाउन्डेशनमा भोजन वितरण गरेका थिए। उनले आमाले संसार छोडेको दिनलाई सामाजिक सेवाको दिनका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताए।

Attariya Hospital

अत्तरियास्थित सेभ हाउसमा घरवारविहीन ४० भन्दा बढी बालबालिकाहरू आश्रित छन्। उनीहरूको पालनपोषण विभिन्न दातृ व्यक्तिहरूबाट प्राप्त सहयोगमा निर्भर छ। गौशालालाई ढिके नुन हस्तान्तरण कार्यक्रममा धनगढी १९ का वडा सदस्य हरेन्द्र ऐडी को विशेष उपस्थिति रहेको थियो भने सहयोग गौशालाका अध्यक्ष यादव प्रसाद भण्डारीले ग्रहण गरेका थिए।

nawajiwan