आर्थिक लेनदेन अडियो काण्ड : सुदूरपश्चिमका मन्त्री लक्ष्मण किशोर चौधरीको राजीनामा

Image
Nisarga Hospital

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्। त्यसपछि उनले मुख्यमन्त्रीकहाँ गएर औपचारिक रूपमा राजीनामा दिएका छन्।

CP Hospital Dhangadhi

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आर्थिक लाभ लिनेगरी बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेका हुन्। चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन्।

nawajiwan

भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको उनले दाबी गरेका छन्। अडियोमा सुनिएजस्तो मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको उनले बताए। प्रदेशका मुख्यमन्त्रीको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको दाबी समेत गरिएको छ।

Attariya Hospital

सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ।

तर मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए। अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वन सम्बन्धि अनुभव नभएकाले मात्र छलफल गरेको दाबी गरेका छन्। उनले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारबाही भोग्न तयार रहेको बताएका छन्।

मन्त्री चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य राजनीतिक दलको षड्यन्त्रको सिकार आफूलाई बनाइएको दाबी गरेका छन्।