
बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो ।

सुनको भाउ बढेका बेला चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घट्दै चाँदी आज १,९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि उक्त दर तय गरेको हो ।
































