साउनभित्र शिक्षा ऐन ल्याइने, मन्त्री पन्तको प्रतिबद्धता

Image
Nisarga Hospital

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयक अन्तिम चरणमा पुगेकाले साउनभित्र शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन्। पोखरामा आयोजित प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को दोस्रो शिखर सम्मेलनमा उनले शिक्षक महासंघसँग समन्वय गर्दै विधेयक पारित गरिने उल्लेख गरे।

CP Hospital Dhangadhi

मन्त्री पन्तले प्रविधिमैत्री शिक्षण र व्यावहारिक शिक्षामा जोड दिँदै प्राथमिक तहमा बढी रहेका शिक्षकलाई निम्नमाध्यमिक र माध्यमिक तहमा समायोजन गरिने जानकारी दिए। बजेट यथास्थितिमा सीमित रहेकाले विकासमा कठिनाइ हुने धारणा पनि उनले राखे।

Attariya Hospital

शिक्षा समितिका सभापति अम्बरबहादुर थापाले शिक्षाको सुधारमा शिक्षकको मुख्य भूमिका रहने बताए भने शिक्षाविद् डा. विद्यानाथ कोइरालाले नयाँ प्रविधिको प्रयोगमा शिक्षकलाई तयार रहन आग्रह गरे। सम्मेलनले पोखरा घोषणापत्र जारी गर्ने बताइएको छ।

nawajiwan