
एएफसी एसियन कप २०२७ अन्तर्गत तेस्रो तथा अन्तिम चरणको छनोटमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार साँझ ५:४५ बजे न्यु लाहो स्टेडियममा खेल सुरु हुनेछ।

समूह ‘एफ’ मा रहेका नेपाल र लाओस दुवैले पहिलो खेलमा पराजय भोगेका छन्। आजको खेल दुबै टोलीका लागि अंक जोड्न अत्यन्तै महत्त्वपूर्ण रहेको छ।

लाओस प्रस्थान गर्नु अघि नेपालले हङकङसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो, जसमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए।

एसियन कपको फाइनल चरण सन् २०२७ मा साउदी अरबमा आयोजना हुने तय छ। नेपालले आज दोस्रो अवे खेल खेल्न लागेको हो।






























