
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
सोमबारसम्म प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो। त्यसअनुसार, आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ।



























