
नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा १,५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर २,१४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
मूल्यमा आएको यो गिरावट अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावसँग सम्बन्धित रहेको व्यवसायीहरू बताउँछन्।



























