
नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार प्रतितोला तीन सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २,९०० रुपैयाँले घटेर एक लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार उक्त मूल्य प्रतितोला १,९२,३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला २,१७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १० रुपैयाँले घटेर प्रतितोला २,१६५ रुपैयाँ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३,२९८ अमेरिकी डलर रहेको महासंघले जनाएको छ।
































