नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि, पेट्रोलमै प्रति लि. ५ बढ्यो !

Image
Nisarga Hospital

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो।

CP Hospital Dhangadhi

निगमद्वारा सार्वजनिक नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। मूल्यवृद्धिको कारणबारे निगमले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य बढेका कारण स्वाभाविक रूपमा समायोजन गरिएको स्पष्ट पारेको छ।