
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। हाल चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।
































