
आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार सुन १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। शुक्रबार २ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ३ हजार ३५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
































