
बिहीबार सुनको मूल्यमा एकैदिन तोलामा २ हजार ४ सय रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको हो।

त्यस्तै, छापावाल सुनको मूल्य प्रति १० ग्राममा १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम गरिएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर २ हजार ३३५ रुपैयाँमा झरेको हो।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो।



























