सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि यथावत् रहेको हो।

CP Hospital Dhangadhi

चाँदीको मूल्य भने आइतबारको तुलनामा तोलामा ५ रुपैयाँले वृद्धि भई सोमबार २ हजार २९५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा ठूला उतारचढाव नआएकाले सुनको मूल्य स्थिर रहेको हो भने चाँदीमा सामान्य माग बढेपछि मूल्यमा हल्का उकालो देखिएको हो।