
काठमाण्डौ: नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँमा पुगेको छ।

































