सुनको मूल्य घट्यो, चाँदीमा हल्का वृद्धि

Image
Nisarga Hospital

नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ थियो।

यता, आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर २ हजार ३३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।