जेन जीको साहस, नयाँ नेपालको आशा

Image
Nisarga Hospital

म जेन्जी पुस्ताभन्दा दुई वर्ष बढि भएँ, तर म तपाईँहरूको माग र आन्दोलनको सम्मान मात्र होइन, साक्षी पनि हुँ। म पुराना दलको नगर अध्यक्ष हुँ, तर आज मेरो पार्टीका नेताले गरेको शोषण र कमजोरीको अनुभव म भोग्न सक्दिनँ। जेन्जीले हाम्रो पार्टी कार्यालयमा गरेको तोडफोड व्यक्तिगत होइन, नेताका कमजोरी र प्रणालीगत अन्यायप्रति जवाफ थियो।

CP Hospital Dhangadhi
Attariya Hospital

१८ वर्षदेखि राजनीतिमा भए पनि नेता कै दास बन्ने, नियुक्ति र चाकरीको खेलमा पर्नुपर्ने, जातीय र भेगीय प्रभावले मूल्यांकन हुने प्रणालीले मलाई कहिल्यै साँचो नेतृत्व बन्न दिइएन। जेन्जीको आन्दोलनले पुराना दलका नेताहरूप्रति पनि नयाँ पुस्ताको सशक्त एजेन्डा प्रस्तुत गर्‍यो। म यस फ्रेश दृष्टिकोणका लागि जेन्जीलाई धन्यवाद दिन्छु।

अब हाम्रा सार्वजनिक सम्पत्ति हाम्रो जिम्मेवारी हो। एउटा पाउ बालुवा, एउटा इन्च माटो, सबै सरकारी कार्यालय हाम्रो करबाट बनेका हुन्। जेन्जीको माग पूरा भएको छ र अब देशको नेतृत्व नयाँ पुस्ताले गर्नेछ भन्नेमा म ढुक्क छु। होस र विवेकका साथ हामीले नयाँ नेपाल बनाउनु पर्छ। यो देश आज सबैको हो, भोलि युवाको हुनेछ।

जय जेन्जी!

— सन्तोष सिंह,
नेकपा एमाले, गोदावरी नगर अध्यक्ष