
नेपालको इतिहासको ऐतिहासिक परिवर्तन आन्दोलनमा स्थापित जेन जि आन्दोलनलाइ लिन सकिन्छ ।जेन जि आन्दोलन बि.स २०८२ भदौ २३ गतेका दिन देखी राज्य संरचना परिवर्तन स्थायी सरकार अर्थात प्रत्यक्ष कार्यकारी प्राणाली , भ्रस्टाचार ,नातावाद कृपावाद ,समाजमा भइरहेको अन्याय ,अत्याचार,र २६ वटा सामाजिक सन्जालहरु सरकारले गरेका प्रतिबन्धका बिरुद्द जेन जि हरुले बिरोध प्रदशन गरे ।बिरोध प्रदशनमा २८ बर्स सम्मका नया पुस्ताको देशै भर उल्लेखनिय सहभागिता भयो ,जसमा कलेजका ,स्कुलका विद्यार्थीहरु ड्रेसमा झोला बोकेर बिरोध प्रदशनमा सहभागी थिय ।

देशमा केपि नेतृत्वको एमाले काङ्ग्रेसको सरकार थियो उपस्थित बिरोध प्रदशनमा सरकारको बढ्दो असन्तुष्ट नारा घन्किन थाल्यो ,विद्यार्थी युवाहरु बानेश्वरमा शान्तिपूर्ण तरीकाले नारा जुलुस लगाउदै थिय उहाहरुले भ्रस्टाचारको बिरुद्धमा निकै चर्का स्वरले नारा लगाए , उहाहरु नारा लगाउदै अघाडी बढ्नु भयो,उहाहरुलाइ केपि नेतृत्वको सरकारले ती कलिला विद्यार्थी युवाहरुमाथी ,आन्दोलनरत कोपिला माथी पानीका फोहरा ,टियर ग्यास ,फाल्नु भयो ,उहाहरुले त्यति मात्र होइन लाठी चार्ज गर्नु भयो हुदाँ हुदाँ सरकारले देशको संविधानको २०२८ को (६) बिपरीत गोलि चलाइ निर्दोश अधिकार माग्ने कलिला विद्यार्थीहरुमाथी ताकी ताकी गोलि हानि बर्बर दमन र हत्या गरियो । सम्झिदा पनि मुटु छिया छिया हुन्छ ।
पढी लेखी ठूलो मान्छे बनेर आफ्नो परीवारलाइ खुशी परीवार बनाउनुपर्छ जस्ता आफ्ना थुप्रै सपना बोकेका ती सचेत युवाको सपना केपि सरकारको बन्दुकको गोलिले ति कलिला कोपिलाको चिहान बनाए । नजिकिदै गरेको दशै ,तिहार टीका संग संगै ६ दर्जन भन्दा बढी सहीद भय त्यति नै आमाको कोख रित्तो बनायो । यश आन्दोलनमा बझाङ्ग जिल्ला दुर्गाथली यस गाउँपालीका वडा नम्बर १ का भिम धामी र खप्तड छान्ना गाउँपालिकाका सुबास बोहरा सहादत भए ।सुदुरपश्चिम भरी बाट ७ जनाको बलिदान भयो भने दर्जन भन्दा बढी काठमाडौंको ट्रामा सेन्टरको बेडमा उपचारत हुनुहुन्छ । कसैको गाउँ सम्म खबर छैन,लुगा फेर्न कपडा छैन , कोठामा चामल छैन , घरमा रुवाबासी छ तर पनि अस्पतालको बेडबाट युवाहरुले आन्दोलनमा धोका भयो ,हाम्रो माग पुरा भएन जस्ता अन्तिरम सरकार प्रती असन्तुस्ट पोखिरहेका छन । जेन जी आन्दोलन नेपालको ऐतिहासिक र गौरब आन्दोलनको रुपमा स्थापित भयको छ ।


जेन जि आन्दोलनको सफलता:
नेपालको इतिहासमा जेन जि आन्दोलनले आउदो पुस्ताको भाग्य र भबिस्य मात्र साकार होइन मुलुक परीवर्तनको मियो बनेको छ। लामो समय देखि नेपालको सत्ता सन्चालनको बागडोर समालेका ठुला राजनितिक दल जस्ले नेपालको महाकाली नदि ,टनकपुर कोशी सम्झौता , MCC जस्तो रास्ट्रघाती सन्धी नेपाली जनताको इच्छा बिपरीत बिदेशीलाइ सुम्पे ,जस्ले नेपाली युवालाइ नेपाली जनतालाइ जे गर्दा नि हुन्छ मानसिकता बाट ग्रसित एमाले काङ्ग्रेस माओवादी नामका राजनीतिक दललाइ जेन जि आन्दोलनको निसाना मात्र बनेन कुटिए ,थेचारिय , आन्दोलनले तिनको घुडा टेकाए देशको प्रधानमन्त्री केपी शर्मा वली राजिनामा दिएर बालुवाटारबाट हेलिकप्टरमा भाग्नु पर्यो ।
जनतालाइ आखामा नदेख्ने ,दुइवटा ठुला दल मिलेपछी जस्ता ठुला अपराध गर्दा नि जन भावना बिपरित काम गर्दा नि जनता चुप्प बस्छन भन्ने तिनको मानसिकता जेन जि आन्दोलनले भत्काइदियो त्यती मात्र होइन उक्त आन्दोलनले दलको संरक्षणमा रहेर गलत काम गर्ने,भुटानी ,गिरिबन्दु जस्ता सयौ कान्डै कान्ड निकालेर कालो पैसा थुपार्ने प्रवृत्ति र संसदिय दलिय सिन्डिकेटको चुनौतिको सतिशाल पहाड बन्यो । त्यति मात्र होइन नेपालको संसदिय एमाले काङ्रेस द्वारा सन्चालित सत्ता जेन जि आन्दोलनको नियन्त्रणमा आयो । जेन जि आन्दोलनको जित भयो आफ्ना माग सहित नया सरकार गठन गर्ने ठाउमा जेन जि आन्दोलन पुग्यो ।जेन जि आन्दोलन इतिहासको पानामा युगिन सफलतामा दर्ज भयो ।
आन्दोलन सफलता पछीका समस्या :
जेन जि आन्दोलन नेपाली समाजको आन्दोलन अर्थात नेपालका नया पुस्ताको आन्दोलन हो । उक्त आन्दोलनले जित हासील गरि सकेपछी जेन जि को माग संसद बिघटन ,प्रत्यक्ष कार्यकारी राज्यप्रणाली थियो त्यो भन्दा अघाडी जेन जि को माग अनुरुप अन्तिरीम सरकार गठन प्रक्रिया अगाडी जेन जि हरुले काठमाडौका मेयर बालेन शाहलाई प्रधानमन्त्री बन्न आह्वान मात्र गरेनन कि उहाँलाइ अहिले नेतृत्व लिन्नौ भने कहिल्यै नलेउ भनेका थिए उनले पूर्व न्यायधिस सुशिला कार्कीलाई समर्थन गरे जस्लाइ भारतिय मिडियाले १ दिन अगाडी नै बधाइ दिएको रहेछ । त्यसपछी जेन जि को आह्वान हर्क साम्पाङलाइ थियो ,आखिर सत्ता ढाल्ने पुस्तान्तरण गरेर नया पुस्ताको लिडर बनाउने ,युवा नेतृत्व बनाउने आन्दोलनको मुल मर्म थियो ठिक उल्टो जेन जि युवाहरुले चाहेको बालेन र हर्क साम्पाङ बाहेक बाट प्रधानमन्त्री चुनियो जस्लाइ ७० बर्स भन्दा बढी नै उमेर भैसकेको थियो । जेन जि आन्दोलनको सुरुको अघिल्लो दिन संयोजक भनेर अन्तरबार्ता दिने २२ बर्से मिराज ढुङ्गानाको सट्टा आन्दोलन सफल भयको दिनमा ३६ बर्सिय सुदन गुरुङ नामको मान्छे ले जेन जि को नेतृत्व गरे जुन जेन जि उमेर समूह भित्र पर्दैनन ।
जेन जि को प्रतिनिधि सुदन गुरुङले हर्क साम्पाङलाइ उनले प्रधानमन्त्रीले ठाडै अस्विकार गरे उनले भारतिय मिडियाले आशिर्वाद र बालेन साहले समर्थन गरेका सुशिलालाई प्रधानमन्त्री बनाउन सफल भए र मिडियामा उनलाइ नेपालको पहिलो प्रधानमन्त्री भन्दै मिडियामा ल्याइ पात्र विशेष जनतालो ध्यान त्यता तिर मोड्याइयो ,प्रत्यक्ष कार्यकारी प्राणाली ,नवीन संविधान कसरी लेख्ने त्यो खालको म्यान्डेड बेवास्था गरी बालेन शाहले आफ्ना कानुनी सल्लाहकार लाई गृहमन्त्री र कानुनमन्त्रीको जिम्मा दिए , यसै संविधान यसै संसदलाइ टेवा पुग्ने गरी प्रतिनिधि सभाको निर्वाचन को घोषणा गरीयो । यसमा जेन जि आन्दोलनलाई रिङि घुमि रुम्जाटार भने जस्तै ठाउँमा पुर्याइयो ।अझै अचम्मको कुरा त हर्क साम्पाङलाई मन्त्री बन्ने भए भारतीय दुतावास लाई सहमत गराउ भनेर भनेछन यो के हो हाम्रो देश नेपाल नेपाली जनताको नौजवान युवाको बलिदान बाट क्रान्ती गर्नुपर्ने सरकार कुनै बिदेशीको इसारामा बनाउनु पर्ने ,मन्त्री बन्न दुतावासको आशिर्वाद चाइने ,सहिदको सपनालाई अबमुल्यन गरी उल्टै परिवर्तनका लागि लड्नेहरु जेल जानू पर्ने । जेन जि आन्दोलनलाइ अगाडी बढाउनुपर्छ भन्दै आन्दोलनमा धकेल्ने बालेन साह मौन बस्नु पर्ने ,शहिदलाइ श्रद्धाञ्जली समेत नदिने ।आज जेन जि आन्दोलन अपराधीकरण गरीदा पनि चुइक्क नबोल्ने आन्दोलनमा भयका घाइतेहरुले प्रधानमन्त्रीलाई भेट्ने इच्छा राख्दा उहाँहरुलाइ जेल चलान गर्नुपर्ने । बोल्ने नेतृत्व कोही पनि नहुने ।
मलाइ लाग्छ जेन–जी आन्दोलनमा नौजवान युवाको स्वतःस्फूर्त शाहस, बलिदान, जोस, जाँगर र क्रियाशीलता उदाहरणीय थियो तर उनीहरू सँग राज्य संरचना रुपान्तरण ,संविधान पुनरलेखन , विचार थियो ,जेन जि का माग जस्ताका त्यस्तै योजनामा ढाल्न सक्ने सम्बोधन गर्ने निडर नेतृत्व भएन ।त्यसकारण जेन जि आन्दोलन आज अपराधीकरण हुने ,मृतकलाई सहिद घोषणा गरि बाँचेकालाइ जेल कोच्ने समस्या देखिन्छ । आन्दोलन बिदेशीको कब्जामा गएको कारण नेपालका प्रचलित युवाका ढुकढुकी मानिने बालेन शाह ,सुदन गुरुङ पात्रहरु बिदेशीको परिचालित पात्रको संकाको घेरामा छन ।यिनकै बिस्वास गर्दा आज जेन जि आन्दोलन जसरी अलमल र अकर्मण्यतामा फसिरहेको छ, जसको फाइदा यी दुई पात्र बाहेक अरुलाइ देखिदैन ।त्यसरी नै देशलाइ युक्रेन बनाइने खत्रा र समस्या देखिन्छ ।आफ्नो मागलाइ दर्ज गर्न नसके जेन जी हरु देशबाट लखेटिने र मारीने उत्तिकै सम्भावना देखिन्छ ।
समाधान :
भन्ने गरिन्छ क्रान्ती गर्नु ठूलो कुरा हो भने त्यसलाइ रक्षा र निष्कर्षमा पुर्याउनु महान कुरा हो ।अहिले आन्दोलन भित्रै पनि नेतृत्व विवाद सुरु भएको छ । जो ठिक छैन ,नेतृत्व विवाद स्वाभाविक हो । किनभने, ठुलो आन्दोलनले सुझबुझ सहितको निडर नेतृत्व खोज्छ यसमा कमजोरी भएकै देखिन्छ । यसै कारण फेरि पुरानो सम्भ्रान्त वर्गले आन्दोलनका नाममा सत्ता कब्जा गर्ने सम्भावना उच्च भइसकेको छ । त्यसैले सबै संसदीय ब्यवस्था नमान्ने समूहको सामूहिक प्रतिनिधित्व सहित सर्वमान्य नेतृत्व सर्बपक्षिय देशभक्त,स्वतन्त्र अन्तिरम सरकार गठन गर्नु पर्ने ठाउमा नेपाली जेन जी को ध्यान मोडियन अन्तिरीम सरकार बिदेशीको अनुकुलतामा बन्दै गयको छ। स्वास्थ मन्त्री नै भारतिय नागरीक लाई बनायछन जस्ले नेपालमा अंगकृत नागरिता लियकी थिइन । जेन जि को मागलाइ सम्बोधन गर्नु भनेको नेपाली जनताको यो मुलुकको भबिस्य सुनिश्चित हुनु हो । अब अन्तिरम सरकारले अध्यादेश ल्याउने हिम्मत गर्नुपर्छ संविधानकै धारा ११४(२)मा अध्यादेशलाई ऐन सरह मान्ने भनिएको छ ।
यस्तो ऐन बनाएर धारा ७६ लाई संसोधन गरेर दलिय सिन्डिकेट भत्काउनु पर्छ ।अझै यस्लाइ सुझबुझ गरेर अगाडी बढ्नुपर्छ ।यस्तो गरिएन अन्तिरम सरकारले धोका दियो भने जेन जि आन्दोलनलाई रक्षा का निम्ति यो ब्यबस्थाका विरुद्ध सधै लडिरहेको पार्टी जस्ले जसरी जेन जि हरुले भाद्र २३ र २४ गते सहादत गरे उक्त पार्टीमा १२ जना युवाले यो ब्यबस्थाका विरुद्ध केही बर्ष अघाडी सहादत गरेका छन ।उहाहरुको पार्टी दर्तामा छैन प्रक्रियामा मात्र छ , स्वतन्त्र ढंगबाट अहिले पनि देशै भर खबरदारी गरीरहेका छन । त्यसैले हिजोको दिन देखी निरन्तर यो ब्यबस्थाको खिलापमा लड्ने बिप्लवलाइ नयाँ पुस्ताले चिन्न जरुरी देखिन्छ ।हामि युवाहरुका माग जस्ताका त्यस्तै राख्ने सक्ने त्यो निडरता बिप्लवमा देख्छु । संरचना परीबर्तन गरीसकेपछी त्यसको आर्थिक दृस्ठिकोण ,सामाजिक दृस्ठिकोण , नेपाली मौलिकताको संस्कृतिको दृस्ठिकोण सबै बिप्लवमा देख्छु ।
आज को जेन जि आन्दोलनमा यति धेरै सहिद ,अपाङ्ग ,घाइते भयर किन जेन जि ले भने बमोजिम भइराखेको छैन भन्दा नेतृत्व बिहिन आन्दोलन हुनु र बिदेशीले हाइज्याक गर्नका कारण लिडर चिन्न नसक्नुको कारण हामी नयाँ पुस्ताको माग निष्क्रिय तर्फ गइरहेको छ ।बिगतका आन्दोलन ,र क्रान्ती बाट पाठ सिक्दै जेन जि आन्दोलनको रक्षा र मागलाइ निष्कर्षमा पुर्याई शक्तिशाली आयोग गठन गरी २०४६ यताका नेता ,मन्त्री ,कर्मचारीको सम्पती छानबिन गरे जेन जि आन्दोलनले गरेको क्षतिको १०० गुणा तिनिहरुले जनताको कर दोहन गरेका छन त्यसलाइ राष्ट्रियकरण गर्नुपर्छ । २ बर्स सम्म लकडाउनले ठिलठिलो परेको नेपाल , भुकम्पले थिला थिला परेको नेपाल नेपाली जनतालेनै उठायका हुन , विश्वयुद्धमा धुलो पिठो भयको जापान आज विश्वकै उत्कृष्ट देश बन्न सक्ने ,त्यहाका जनताले बनाएका हुन ,नेपाललाइ कोदो रिण माग्ने साउथ कोरिया आज नेपाललाइ कामदार बनायर राखेका छन ,त्यसकारण पुरानो चिज ,बिचार मान्यताको ध्वङमा नया चिजको निर्माण बिज्ञानको नियम हो ।त्यसकारण जेन जि आन्दोलनको माग सम्बोधन भयन बृहत् बिद्रोहको तयारीमा जुट्नुपर्छ ।बार्ता बाट हुने षडयन्त्रलाई पनि परास्त गर्दै बिगत बाट पाठ सिक्दै सत्ता कब्जा गरि लुटको सत्ता सदाका लागि बिदाइ गर्नुपर्छ।जेन जि माग बमोजिम नेपाली जनताको चाहना लाई समेट्ने गरि सत्ता निर्माण गर्नुपर्दछ ।
कमल थापा
































