नेपाल एयरलाइन्सले चिनको ग्वाञ्जाओ सिधा उडान सुरु

Image
Nisarga Hospital

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडान सुरु गरेको छ। निगमले असोज ९ गतेबाट उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि प्राविधिक कारणले उद्घाटन उडान केही ढिला भयो। उद्घाटन उडानमा ग्वाञ्जाओबाट १०७ यात्रु लिएर विमान आईतबार काठमाडौँ फर्किएको छ।

CP Hospital Dhangadhi

निगमले हरेक हप्ता आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान गर्ने तालिका तय गरेको छ। पहिलो उडान असोज १२ गतेको हुनेछ भने आगामी उडानहरू असोज ३०, कात्तिक २ र ६ गते तय छन्। काठमाडौँ–ग्वाञ्जाओको एकतर्फी भाडा रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको छ।

Attariya Hospital

यस उडानसँगै निगमले अहिले नौ देशका ११ गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ। हालसम्म कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स, हङकङ, भारत, थाइल्याण्ड, साउदी अरब र जापानका गन्तव्यमा निगमको उडान चलिरहेको छ। ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ।

nawajiwan