नेपाल आज कतारविरुद्ध ब्याटिङ गर्दै, यी खेलाडीलाई दिईयो मौका ! 🏏🇳🇵

Image
Nisarga Hospital

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दैछ। ओमान क्रिकेट एकेडेमीमा राति ८:४५ बजे सुरु हुने खेलमा टस जितेको कतारले फिल्डिङ रोजेको छ, जसअनुसार नेपालले पहिले ब्याटिङ गर्नेछ।

CP Hospital Dhangadhi

नेपालले अघिल्ला तीन खेलमा खेलेको टिममै मैदान ओर्लाएको छ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहिकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोपमाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र आडिल आलम अन्सारी छन्।

nawajiwan
Attariya Hospital

नेपालले आइतबार युएईसँग एक रनको रोमाञ्चक जित निकालेर शीर्ष-६ प्रवेश गरेको थियो। जापानलाई हराएर नेपालले २ अंक जोडेको थियो। युएईसँगको जितपछि नेपालको अंक ४ पुगेको छ, जसले विश्वकप छनोटको सम्भावना बलियो बनाएको छ।

नेपालले सुपर-६को तेस्रो खेल बुधबार घरेलु टोली ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ। शीर्ष तीनमा पर्न सफल भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।