अत्तरिया : असोज २५ गते देखि सुरु भएको जेवाईसी कपू लोटस आई प्रिमियर लिगको उपाधि सिवाईसी अत्तरिया क्रिकेट एकेडेमीले हात पारेको छ ।

गोदावरी नगरपालिका वडा नं ४ बास्कोटा स्थित ज्वाला देवी युवा क्लबद्वारा आयोजीत जेवाईसी कप लोटस आई प्रिमियर लिगको विजेता सिवाईसी अत्तरिया क्रिकेट एकेडेमी टीम बन्न सफल भएको हो ।
मंगलबार फाइनल खेल विजेता सि वाई सी अत्तरिया क्रिकेट एकेडेमी र के वाईसी युवा क्लब बिच भएको थियो । अन्तिम खेल टस जितेर सि वाई सी अत्तरियाले फिल्डिङ रोजेको थियो । भने २० ओभरको खेलाईएको खेलमा ब्याटिङ टीम ९ केवाईसी खानेपानी युवा क्लब टिमले १८.१ ओभर खेलेर ६३ रन जोडेर अल आउट भएको थियो । यस्तै सिवाईसी अत्तरिया क्रिकेट एकेडेमीले ५.२ ओभरमै १ विकेटको क्षतिमा लक्ष प्राप्ति गरी जीत हासिल गरेको थियो ।

साथै विजेता टिम सि वाई सी अत्तरियालाई ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाण पत्र वितरण गरेको हो । यस्तै उप विजेता के वाई सी क्लबलाई २० हजार नगद सहित ट्रफी, मेडल प्रमाण पत्, वितरण गरिएको थियो । यस्तै प्रतियोगिताको खेल अवधिभरि उत्कृष्ट खेल प्रदर्शन गर्दै सि वाई सी अत्तरिया क्रिकेट एकेडेमी का खेलाडी निरज भट्ट उत्कृष्ट खेलाडी बनेका हुन् । साथै खेल अवधिभरि सर्वाधिक विकेट लिन सफल जे वाई सी टीमका खेलाडी टेक राज भट्टले १३विकेट लिएर वेस्ट बलर बनेका हुन् ।
यस्तै प्रतियोगिता भरी सर्वाधिक रन बनाउन साथै उत्कृष्ट ब्याट्सम्यानमा १ सय २३ हानेर के वाई सी क्लबका खेलाडी विवेक खड्का भएका थिए ।
खेलमा लगातार तीन छक्का प्रहार गर्ने सि वाई सी अत्तरिया टीमका नीरज भट्टलाई अत्तरियाको आईटी मोबाइल ग्यालरी तर्फबाट विशेष पुरस्कार एयरबड प्रदान गरिएको थियो । यस्तै समारोहमा वडाध्यक्ष हेम प्रकाश मल्लले खेल अनुशासित भएर खेल्न आग्रह गर्दै खेल माध्यम बाट युवाहरुलाई सकारात्मक क्रियाकलापमा जोड दिने विश्वास व्यक्त गरे । समाजमा धेरै व्यक्तिहरू लागू औषध जस्ता कुलतमा फस्दै गइरहेको अवस्थामा यस्ता खेलहरु मार्फत न्यूनीकरका गर्न सहयोग गर्ने भन्ने विश्वास व्यक्त गरे ।
साथै क्रिकेट प्रतियोगिताको समापन समारोहमा सभाध्यक्ष तथा क्लबका सचिव खेम राज जोशीले खेललाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।खेलकुदले युवामा अनुशासन, एकता र सहयोग भावना विकास गराउने भएकाले क्लबले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू थप निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितामा ८ वटा टिमहरूको सहभागिता रहेको र खेलहरु लिग चरणमा खेलाईएको थियो । यस्तै प्रतियोगिताको शिर्षक प्रायोजक लोटस आई अंग्रेजी माध्यमिक विद्यालय रहेको थियो ।