अमेरिका गएर फर्किए विपिन जोशीकी आमा र बहिनी, अब शवको प्रतीक्षा

Image
Nisarga Hospital

हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि अमेरिका पुगेका उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बिहीबार स्वदेश फर्किएका छन्। विपिनलाई जिउँदो घर ल्याउने आशामा अमेरिका पुगेका उनीहरू रित्ता हात फर्किएका हुन्।

CP Hospital Dhangadhi

विपिनको मृत्युको पुष्टि हमास समूहले गरेको थियो। उनीहरू अमेरिकामा रहँदा संयुक्त राष्ट्र संघका महासचिवदेखि विभिन्न अधिकारीहरूसँग भेट गरेका थिए। इजरायल–हमास युद्धविरामको क्रममा बन्दीहरू मुक्त भइरहेका बेला विपिनको मृत्युको समाचार आएको हो।

Attariya Hospital

विपिनका दाइ किशोरका अनुसार, आमा र बहिनी घर फर्किएपछि शव ल्याउने तयारी अघि बढाइएको छ। उनीहरूले इजरायल पुगेर पनि रिहाइका लागि ¥यालीमा सहभागी भएका थिए।

nawajiwan

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन “लर्न एण्ड अर्न” कार्यक्रमअन्तर्गत दुई वर्षअघि इजरायल पुगेका थिए। अक्टोबर ७ मा हमासको आक्रमणमा परेर उनी बन्धक बनेका थिए। सो घटनामा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिनलगायत २५१ जनालाई बन्धक बनाइएको थियो। अब परिवार उनको शवको प्रतीक्षामा छ।