जेनजी आ’न्दोलनका घा’इतेबाट निवेदन माग्दै कैलाली प्रशासन

Image
Nisarga Hospital

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र र भैपरी खर्च वितरणका लागि निवेदन माग गरेको छ। सरकारी तथ्याङ्क अनुसार सो आन्दोलनमा कैलालीका ५४ जना घाइते भएका थिए।

CP Hospital Dhangadhi

प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार योग्य घाइतेहरूलाई आवश्यक कागजात र प्रमाणको आधारमा परिचयपत्र प्रदान गरिने र प्रतिघाइते २० हजार रुपैयाँसम्म खर्च सहायता उपलब्ध गराइनेछ।

Attariya Hospital

निवेदन दिने व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिससहित अस्पताल भर्ना टिकट, घाइतेको बैंक खाता नम्बर, दुई प्रति हालसालै खिचिएको फोटो, र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर कार्यालयमा उपस्थित हुनुपर्ने जनाइएको छ। प्रशासनले घाइतेहरूको सहजीकरणका लागि प्रक्रिया सरल बनाएको र समयमै सहयोग पाउने व्यवस्था मिलाएको जनाएको छ।

nawajiwan