डडेल्धुरामा सयपत्री फूल खेतीबाट युवाहरू आत्मनिर्भर बन्न थाले

Image
Nisarga Hospital

डडेल्धुराको अमरगढी नगरपालिका–१ डोलाको फाँट अहिले रंगीचंगी सयपत्री फूलले ढकमक्क छ। यही खेतमा युवा किसान सुरत ऐर विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएका छन्। विदेश जाने सोच त्यागी गाउँमै सम्भावना खोजेका उनी भन्छन्, “आफ्नै गाउँका फूल प्रयोग गर्नु गर्वको विषय हो।” डेढ रोपनीमा खेती गरेर उनले राम्रो आम्दानी पाएका छन्।

CP Hospital Dhangadhi

हाल डडेल्धुराका धेरै युवा फूल खेतीतर्फ आकर्षित भएका छन्। परशुराम–४ का चक्रसिंह मालले ‘कर्मा ५५५’ जातका सयपत्री उत्पादन गर्दै डडेल्धुरा बजारदेखि धनगढीसम्म बिक्री गर्छन्। त्यस्तै, गन्यापधुराका तिलक शाही र अजयमेरुका टेकराज पाठक पनि पुष्प खेतीमा सक्रिय छन्।

Attariya Hospital

स्थानीय बजारमा फूलको माला प्रतिगोटा सयदेखि दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ। किसानहरूले बजार व्यवस्थापन र सरकारी सहयोग अझै आवश्यक रहेको बताएका छन्। 🌼

nawajiwan