अवरुद्ध सडक खुल्दा बाजुराको कोल्टीमा बस सेवा सुचारु, स्थानीय हर्षित

Image
Nisarga Hospital

जिल्लाको पूर्वी उत्तर क्षेत्रको कोल्टीमा बस सेवा सञ्चालन भएपछि स्थानीय खुशी भएका छन्। अविरल वर्षाका कारण मार्तडी–कोल्टी सडकमा गएको पहिरोले लामो समय सडक अवरुद्ध हुँदा बसहरू मार्तडीमै रोकिने गरेका थिए। बुढीनन्दा नगरपालिकाले सडक मर्मत र सफाई गरेपछि अब स्थानीयहरू घरबाटै बस सेवा लिन सक्ने भएका छन्।

CP Hospital Dhangadhi

नगरपालिकाले गत भदौदेखि सडक मर्मत कार्य सुरु गरेको थियो। दसैँअघि जिप सेवा सञ्चालनमा ल्याइए पनि बस सञ्चालन हुन सकेको थिएन। अब डोजरमार्फत पुनः सडक मर्मत भएपछि मङ्गलबारदेखि बस सेवा सुचारु भएको बस मालिक टीका थापाले बताए। उनले भने, “सडकमा पानीले नर्वियो भने दैनिक रूपमा कोल्टीबाट धनगढी, महेन्द्रनगर, नेपागञ्ज र काठमाडौंका लागि बस सेवा नियमित हुनेछ।”

Attariya Hospital

पहिले स्थानीयले मार्तडीसम्म पुगेर महँगो यात्र गर्नु पर्थ्यो। बस सञ्चालन भएपछि यात्रा सरल र भाडा समेत सहज भएको छ। नगरप्रमुख जनकबहादुर बोहराले भने, “मुख्य समस्या बाउली–दानसाँग खोलामा छिटो पुल निर्माण र कालोपत्रे कार्य पूरा गर्नु हो। सम्बन्धित निकायसँग पहल गरिरहेका छौं। केही समयमै काम सुरु हुनेछ।”

nawajiwan

हिउँद र बर्खामा समेत कोल्टीदेखि देशका विभिन्न ठाउँमा बस सेवा नियमित हुने विश्वास नगरपालिकाको छ।