भाइटिकामा धनगढी–अत्तरिया निशुल्क बस सेवा, नवजिवन अस्पतालको पहल

Image
Nisarga Hospital

भाइटिकाको अवसरमा धनगढीस्थित नवजिवन अस्पतालले धनगढी–अत्तरिया रुटमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले आफ्नै नवजिवन नर्सिङ कलेजको बस प्रयोग गरी यात्रुहरूको सहज आवागमनको लागि सेवा उपलब्ध गराउने तयारी गरेको छ। प्रमुख कार्यकारी अधिकृत चक्र खडायतका अनुसार, “टिकाको दिन सार्वजनिक यातायात कम चल्ने भएकाले सर्वसाधारणलाई कठिनाइ नहोस् भन्ने हेतुले हामीले निशुल्क बस सेवा सञ्चालन गर्न लागेका हौं।”

CP Hospital Dhangadhi

अस्पतालको यो पहल गोदावरी नगरपालिकासँगको सहकार्यमा भइरहेको छ। यसअघि दशैंको समयमा पनि नवजिवन अस्पतालले धनगढी क्षेत्रमा निशुल्क बस सेवा सञ्चालन गरी सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।

Attariya Hospital

साथै, गोदावरी नगरपालिकाले अत्तरिया–चौमाला र अत्तरिया–ओलानी–गौडीबजार चोकसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ। स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित यी सेवाहरूले भाइटिकाको दिन सार्वजनिक यातायातको अभावमा स्थानीय नागरिकलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।

nawajiwan

यस पहलले पर्वको अवसरमा यात्रुहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्दै स्थानीय समुदायमा सामाजिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको छ।