बैतडीको शिवनाथ गाउँपालिकामा जात्राका अवसरमा चार दिन सार्वजनिक बिदा !

Image
Nisarga Hospital

बैतडीको शिवनाथ गाउँपालिकाले स्थानीय शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार बिदा कात्तिक ११, १२, १८ र १९ गते लागू हुनेछ।

CP Hospital Dhangadhi
Attariya Hospital

गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयअनुसार कात्तिक ११ र १२ गते प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरूको सहभागिता सुनिश्चित गर्न बिदा दिने निर्णय गरिएको हो। जात्रामा स्थानीय सीमावर्ती भारतीय दर्शनार्थीहरू समेत सहभागी हुने गरेका छन्।

शिवनाथ मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन भव्य जात्रा लाग्ने गर्दछ। यस अवसरमा मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम, पूजाआजा र मेलापत्र आयोजना हुन्छ। गाउँपालिकाले मेलाको व्यवस्थापनलाई व्यवस्थित बनाउन र दर्शनार्थीहरूको सहजता सुनिश्चित गर्न बिदा दिने निर्णय गरेको जानकारी दिएको छ।

यो कदमले स्थानीय समुदायमा धार्मिक उत्साह बढाउने मात्र नभई सांस्कृतिक एकता र परम्परागत आस्थामा दृढता पनि सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।