
भारतीय स्थलसेना प्रमुख उपेन्द्र द्विवेदीले नेपाल–भारत सीमा विवाद क्षेत्र गुञ्जीको भ्रमण गरेका छन्। सुदूरपश्चिमको दार्चुलास्थित विवादित क्षेत्रमा पुग्दा द्विवेदीले वर्तमान भू-स्थिति र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। यो क्षेत्रमा अहिले भारतीय सेनाले केही भू-भाग कब्जा गरेको रिपोर्ट छ।

भ्रमणका क्रममा उनले फर्मेसन सञ्चालन, प्रविधिको प्रयोग, सुरक्षा निकायसँगको समन्वय तथा राष्ट्रनिर्माणका गतिविधिहरूको समीक्षा गरेका थिए। त्यस्तै, उनले भारतीय राज्य उत्तराखण्डको पिथौरागढस्थित पाँचशुल ब्रिगेड र कुमाउका विभिन्न सैन्य युनिटको निरीक्षण पनि गरेका छन्।

द्विवेदी गत सोमबार दीपावलीको अवसरमा उत्तराखण्ड पुगेका थिए। उनका भ्रमणले दुवै देशबीचको सीमा व्यवस्थापन र सुरक्षा समन्वयमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

































