प्रतिभा पुस्तकालयका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

Image
Nisarga Hospital

अत्तरिया : अत्तरियाका प्रतिभा सामुदायिक पुस्तकालयका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

CP Hospital Dhangadhi

सोमबार निर्वाचन संयोजक देवराज भट्टले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

Attariya Hospital

पुस्तकालयको १६ औँ साधारण सभाबाट भूपेश जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो । अध्यक्ष र उपाध्यक्ष नरेन्द्र शर्मा निर्वाचनबाट चयन गरिएको थियो भने अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

nawajiwan

समितिको सचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा जयराज फुलारा र सह– सचिवमा हेमन्तराज जोशी, सदस्यहरूमा शेरसिंह खड्का, रामचन्द्र जोशी, तपराज ओझा, खिमादेवी ओझा निर्विरोध निर्वाचित भएका थिए । संस्थाका हाल आजीवन सदस्य ५ सय ९१ रहेका छन् ।