नेपालको गौरव: भारतीय सेनालाई तेक्वान्दो प्रशिक्षण दिने सुदूरपश्चिमका प्रशिक्षक प्रशान्त चौधरी

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर–८ का तेक्वान्दो प्रशिक्षक प्रशान्त चौधरी भारतको उत्तराखण्ड रेवाला क्षेत्रमा आयोजित विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रस्थान गर्नुभएको छ। भारतीय सेनाको निमन्त्रणामा १० दिनसम्म प्रशिक्षण दिने चौधरी सुदूरपश्चिमका पहिलो नेपाली खेलाडी हुन्।

CP Hospital Dhangadhi

गरिब परिवारमा जन्मिएका चौधरीले कठिन परिस्थितिलाई जित्दै तेक्वान्दोमा आफ्नो पहिचान बनाएका छन्। आफ्नै खर्चमा अघि बढेका उनले भने, “अरू देशले मेहनती खेलाडीलाई सम्मान गर्छ, तर आफ्नै देशले कहिलेकाहीँ चिन्दैन।” रेवालामा भव्य स्वागत र सैनिकहरूको उत्साहले उनको प्रतिष्ठा झल्किएको छ।

Attariya Hospital

विगत दुई दशकदेखि सयौं बालबालिका र युवालाई प्रशिक्षण दिँदै आएका चौधरीका प्रशिक्षार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वर्णपदक जितिसकेका छन्। स्थानीय खुला चौर र विद्यालयबाट सुरु भएको यात्रा अहिले अन्तर्राष्ट्रिय सम्मानमा परिणत भएको छ।

nawajiwan

उनको प्रयास केवल प्रशिक्षण नभई गरिबी, संघर्ष र देशको नाम चम्काउने नेपाली सपना पनि हो। स्थानीय खेलप्रेमीहरूले राज्य र स्थानीय सरकारलाई यस्ता प्रतिभालाई चिनेर समर्थन गर्नुपर्ने सुझाव दिएका छन्।