कैलालीको तेघरीमा बसको ठ’क्करबाट वृद्धाको मृ’त्यु, १० घण्टापछि मात्र उठाइयो श’व

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा बुधबार बिहान बसको ठक्करबाट ८२ वर्षीया दिलमाया शिरिषको मृत्यु भएको छ। दिपायलबाट अत्तरियातर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिएपछि स्थानीयहरूले राजमार्ग अवरुद्ध गरी विरोध जनाएका थिए। मृतक परिवारले उचित क्षतिपूर्ति र चालकलाई कडा कारबाहीको माग गर्दै शव उठाउन अस्वीकार गरेका थिए।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय मालाखेतीमा पिडित पक्ष र बस सञ्चालकबीच भएको छलफलमा क्षतिपूर्ति दिने र चालकलाई कानुन अनुसार कारबाही गर्ने सहमति भएपछि शव १० घण्टापछि उठाइएको हो। ठक्कर दिने बससहित चालक, गोदावरी–१ बस्ने ५२ वर्षीय टेकराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Attariya Hospital

यो घटनापछि स्थानीयवासीले सडक सुरक्षाप्रति सरकार र यातायात व्यवसायीको बेवास्तालाई लिएर आक्रोश व्यक्त गरेका छन्।

nawajiwan