पश्चिमी न्यूनचापीय प्रभावले देशका पहाडी भूभागमा बदली र हल्का वर्षाको सम्भावना 🌧️🌄

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको कारण बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रहरूमा मौसम सफा रहने अपेक्षा गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Attariya Hospital

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तर अन्य ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। यात्रु र कृषकहरूलाई आवश्यक सावधानी अपनाउन महाशाखाले सल्लाह दिएको छ। 🌦️

nawajiwan