गोदावरी ह!त्या प्रकरणमा पी!डित परिवार न्यायको खोजीमा, इप्रका मालाखेती घेराउ !

Image
oplus_0
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–१० खमैराका शेरबहादुर चौधरीको रहस्यमय मृत्युको घटनापछि परिवार न्यायका लागि आन्दोलनमा उत्रिएको छ। असोज २३ गते राति घरमै आएर ढोका तोड्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर भोलिपल्ट खोलामा मृत भेटिएका थिए। तर, परिवारका अनुसार घटना योजनाबद्ध हत्या भए पनि प्रहरी प्रशासनले कारबाही नगरी अभियुक्तलाई उम्काइदिएको छ।

CP Hospital Dhangadhi

बुधबार गोदावरी नगरपालिका स्तरीय बैठकले “न्याय संघर्ष समिति” गठन गर्दै चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। बिहीबार इलाका प्रहरी कार्यालय मालाखेती, शुक्रबार जिल्ला अदालत कैलाली घेराउ र त्यसपछि अत्तरियामा अनिश्चितकालीन चक्काजाम गर्ने तयारी गरिएको संघर्ष समितिका बाबुराम चौधरीले बताए।

मृतककी भाउजू सलिना चौधरीले घटनामा संलग्न लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर विकास मल्ललाई पक्राउ गरे पनि पछि छोडिएको आरोप लगाइन्। “टाउको र खुट्टामा चोट, ढुङ्गा र चिरपल्टको डाम देखिँदाहुँदै पनि सामान्य मृत्यु भनेर रिपोर्ट निकालियो,” उनले भनिन्, “गरिब भएकै कारण हामीलाई न्याय मिलेन।”

nawajiwan
Attariya Hospital

मृतकका काका लालबहादुर चौधरीले पनि प्रहरी र अदालतबीच मिलेमतो भएको दाबी गरे। उनका अनुसार शव उठाउँदा आफन्तलाई नबोलाई प्रमाणीकरण नगरी प्रहरी आफैंले उठाएको थियो। मुद्दा दर्ता गर्न पनि अनावश्यक ढिलाइ गरिएको उनले बताए।

वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीले पीडितलाई न्याय दिलाउन पहल गरे पनि सुन्ने कोही नभएको बताए। उनले चौधरी समुदायमाथि निरन्तर दमन भइरहेको आरोप लगाए।

प्रहरीका अनुसार असोज २३ गते राति ढोकामा हान्दै धम्की दिने लोकेन्द्र र विकासलाई पक्राउ गरिएको भए पनि हाल उनीहरूलाई रिहा गरिएको छ। परिवार भने यो हत्या प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कठोर कारबाहीको माग गर्दै सडक संघर्षमा उत्रिएको छ।